भाई तिम्रो खुसीका लागि
बगैचामा रंगिचङ्गी फुलहरु
एकहारमा ढकमक्क फुली,
तिमी आउने गोरेटो चिहाइरहेछ
बेसी खेतमा मार्सी धान
सुन झै पहेलपुर फुलिरहेछ
गाउँ घर मझेरी तिम्रै
प्रतिक्षामा टोलाईरहेछ
त्यसैले भाई,
बसन्तको हुरी झै बेगिएर आऊ
कालो मैलो उडाएर
उषाकिरण छाएर आउ
नयाँ बिहानी लिएर आउ ।
तिमीलाई म चेलीको
यहि शुभकामना !!
भाई सत्तरंगी टीका र माला
तिमीलाई नै पहिर्याउन भनि
स्नेह र उमंगको ढोका खोली
झिलिमिली दिप सल्काई
तिमी आउने दिन गनि–गनि
आँगनीको पर्खालबाट हेरिरहेछु
स्वार्थको भारी होइन भाई
सहयोगि मन बोकेर आउ ।
कुनै उपहार होईन चेलीलाई
कुसंस्कार बदल्ने लक्ष्य बोकेर आउ
हर्स, उमंग र स्फुर्ति लिएर आउ
एक खित्का हाँसो र खुसी दिएर जाउ
भाई टीकाको तिमीलाई
यहि शुभकामना !!
भाई तिम्रै निम्ति सयपत्री
र, मखमली उनेर
थालीमा सजाईरहेछु
निस्पट्ट अन्धकार त्यो रातमा
पुर्णिामाको जुनसरी झुल्कि आऊ
सगरमाथा झै अटल बनी
सुन्दर स्वाभिमान बनेर आउ
त्यो हाम्रो सानो झुपडीलाई
स्वभायमान बनाउनु भाई
तिमीलाई भाईटीकाको
पुनः अपार शुभकामना !!
– जुगल गाउँपालिका – १ सेलाङ, सिन्धुपाल्चोक
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ