चौतारा । निर्वाचन अवधिभर सिन्धुपाल्चोकमा मदिराजन्य विक्री बितरणमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाएको जानकारी दिएको छ । कार्तिक २५ गते शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म जिल्लामा मदिरा ओसार पसार, बिक्री वितरण र सेवन गर्न पूर्णरुपमा रोक लगाइएको सूचनामा उल्लेख छ ।
कोही कसैले मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताए । मदिरा सेवन गरी सार्वजनिक स्थानमा होहल्ला हुने कुटपिट झैझगडा हुने निर्वाचन बिथोल्न सक्ने जस्ता अपराधिक क्रियाकलाप हुनसक्ने भएकाले जिल्लामा शान्ति सुरक्षा अमनचयन कायम गर्न मदिरा नियन्त्रण गरेको श्रेष्ठले बताए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ