जुगल गाउँपालिका कार्यपालिकाको बैठक आज सम्पन्न भएको छ । बैठकले दर्जनौं मानिसको ज्यान लिएको लिदि पहिरो पीडितको बारेमा महत्त्वपूर्ण निर्णय समेत गरेको छ ।
विगत देखि प्रकृया नपुगी रोकिएको पीडितका लागि उपयुक्त जग्गा खरिद प्रक्रियाको लागि बाटो खुला भएको पालिका अध्यक्ष रेशम स्याङ्बोले बताउनुभयो ।
जुगल गाउँपालिकाको सेलाङको बाँसखर्कमा ६८, चनौटेमा २७ र चौतारामा ४० गरी जम्मा १३५ घर धुरी प्रभावितहरुलाई व्यवस्थित गर्न सिटी डेभलपमेन्ट प्लान सहित पुनर्स्थापनाको लागि पहिलो चरण अन्तर्गत लाभग्राहीहरुलाई जग्गा खरिदको लागि १० % रकम निकासा गरि खातामा पठाउने निर्णय भएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ