नवलपुर । इन्द्रावती नमूना पोषण पाठशाला समूहले पोषण दिवस मनाएको छ । कार्यक्रम इन्द्रावती गाउँपालिका– ४ को गैरीगाउँमा भएको हो ।
पोषण कार्यक्रममा सुनौलो हजारदिने आमा, गर्भवती, सुत्केरी गरि २८ जना महिलाहरु सहभागी भएका थिए । कार्यक्रमबाटसो वडाका २ जना बालबालिकामा भएको कुपोषण हुनबाट वन्चित गर्दै स्वास्थ्य भएका छन् । पाठशालामा सहभागी २ जना महिलाका बालबालिका अविगेल तामाङ र सुप्रिम नेपालीमा देखापरेको कुपोषणलाई हटाउदै पोषित बनाईएको हो ।
कार्यक्रमले स्थानीय स्तरमै उपलब्ध खानेकुरालाई प्राथमिकता दिनु पर्ने कुराको उजागर गरेको छ । कार्यक्रममा नाटक लगायत साङ्गितिक प्रस्तुत गरेका थिए । पोषण कार्यक्रममा २०७७ मङ्सिर २७ गतेदेखि सुरु भएको थियो । बालबालिकामा देखिएको कुपोषण हटाउन कार्यक्रमले मद्दत पुर्याएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले बताए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ