चौतारा । मानव बेचबिखन मुद्धामा १३ वर्ष ७ महिना कैद सजाय भएकी एक महिला पक्राउ परेकी छिन् ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ५ स्थायी घर भएकी कविता घिमिरेलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो । सिन्धुपाल्चोक जिल्ला अदालतले अदालतले २०६९ सालमा कवितालाई मानव बेचबिखनमा १३ वर्ष ७ महिना कैद गर्ने सजाय सुनाएको थियो । जेलम रहेको अवस्थामा उनी भागेकी थिइन् ।
२०७२ सालको भूकम्पले कारागार भत्किएपछि कवितासहितका कैदीबन्दी भागेका थिए । कविता यसबीचमा पक्राउ पर्न सकेकी थिइनन् । कवितालाई आवश्यक कारबाहीका लागि सिन्धुपाल्चोक जिल्ला अदालत पठाइएको ब्यूरोले जनाएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ