चौतारा । हुत्तराज अर्धचन्द्र जनहितकारी संस्थाले सिन्धुपाल्चोकको मेलम्चीमा रहेको इन्द्रेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत ८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
कक्षा ११ मा अध्ययनरत सरस्वती दनुवार, कक्षा ११ मा अध्ययनरत मनिषा मिजार र कक्षा १२ मा अध्ययनरत विशाल तामाङलाई यो वर्षको हुत्तराज अर्धचन्द्र जनहितकारी संस्था छात्रवृत्ति प्रदान गरिने भएको हो । यो छात्रवृत्ति ६ हजार ५ रुपैंयाको रहेको छ । ३ हजार ६ सय रुपैंया राशीको महालक्ष्मी युक्तकुमारी स्मृति छात्रवृत्तिबाट कक्षा १२ मा अध्ययनरत जुनुमाया तामाङलाई प्रदान गरिने भएको छ ।
त्यस्तै ३ हजार ६ सय रुपैंया राशीको योगराज स्मृति छात्रवृत्ति कक्षा ११ मा अध्ययनरत निराजन परियार र बाबुकाजी तामाङलाई प्रदान गरिने जनाईएको छ । सत्यचन्द्र विष्णुकुमारी स्मृति छात्रवृत्ति भने कक्षा ११ मा अध्ययनरत रविना दनुवार र सविना दुलाललाई प्रदान गर्न लागिएको संस्थाका अध्यक्ष सुदर्शन पाण्डेले जनाकारी दिए । यसको राशी पनि ३ हजार ६ सय रुपैंया रहेको ।
फागुन १ गते विद्यालयको ४९औं वार्षिकोत्सवमा पुरस्कार प्रदान गरिने जनाईएको छ । ६८ सालबाट छात्रवृत्ति प्रदान गर्न सुरु गरेको संस्थाले यसको अलवा बृद्धबृद्धा र अपाङ्गहरुलाई सहयोग गर्ने गरेको अध्यक्ष पाण्डेले जानकारी दिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ