चौतारा । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको आयोजनामा चौतारा सँगाचोकगढी नगरपालिका– १४ मा रहेको झ्याडी एकीकृत नमूना माझी बस्तीका महिलाहरुलाई ढाकाको तालिम प्रदान गरिएको छ ।
विहीबार सुरु गरिएको तालिम कीर्तिपूर नगर उद्योग वाणिज्य संघ र मनकामना क्राफ्ट एण्ड क्रिएसनको सहकार्यमा गरिएको हो । सो अवसरमा नेपाली सांस्कृतिक परम्परागत मौलिक ढाकाबाट विभिन्न प्रकारको सामग्री उत्पादन गर्न टेवा पुर्याउने उद्देश्यले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले १० थान सिलाई मेसिन हस्तान्तरण समेत गरेको थियो । त्यस्तै कीर्तिपुर नगर उद्योग वाषिज्य संघले ढाका कपडा र प्रशिक्षक उपलब्ध गराएको छ ।
सो कार्यक्रममा कीर्तिपूर नगर उद्योग वाणिज्य संघकी अध्यक्ष राज्यलक्ष्मी शाक्यले माझी समुदायलाई आर्थिक रुपमा सम्पन्न बनाउन र नेपालीको मौलिक संस्कृतिको पनि संरक्षण होस् भन्ने हेतुले तालिम प्रदान गरिएको बताईन् । तालिमपछि सहभागिहरुले ढाकाका विभिन्न सामग्रीहरुको उत्पादन गर्न सक्ने र त्यसको बजारीकरणको लागि पनि आफूहरुले सहयोग गर्ने उनले बताईन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ