सुरुवातमा २६ शहीद परिवालाई सहयोग
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले शहीद परिवारलाई भेट गर्दै सहयोग प्रदान गर्न सुरु गरेको छ ।
नगरपालिका भित्रका सबै वडाका नेपाल सरकारले घोषणा गरेका शहीदहरुलाई सहयोग स्वरुप विद्युतिय चुलो र त्यसमा प्रयोग हुने कुकर, कराइ, पानी तताउने भाडो, चिया पकाउने भाँडो, चपिङ बोर्ड र चक्कु वितरण सुरु गरेको हो । जसको सुरुवात नगरभित्र सबैभन्दा बढी ज्यान उत्सर्ग गर्ने वडा नं. ४ कुविण्डेबाट भएको छ । वडा भरका शहीद परिवारलाई भेला गरि आयोजनाको औपचारिक कार्यक्रम शुरु गरिएको छ ।
शहीद परिवारलाई सम्झदै सहयोग गरेकोप्रति खुसी व्यक्त गर्दै शहीदको विषय संसदमा आवाज उठाउनु पर्नेमा शहीद परिवारको तर्फबाट बिन्दा बजगाईंले जोड दिईन । उनले बेपत्ताका परिवारलाई पनि सरकारले शहीदकै सूचिमा आउने गरी काम गर्नुपर्ने धारणा व्यक्त गरिन् ।
अभियानको सुरुवातमा २६ शहीद परिवालाई सामग्री सहयोग गरिएको छ । ‘जस्ले यो ब्यबस्था परिवर्तनको आन्दोलनमा आफ्नो प्राण उत्सर्ग गर्नुभएको थियो, उहाँहरुको परिवारलाई सम्झना र भेटघाटको लागि यो कार्यक्रम शुरु गरिएको हो’, नगर प्रमुख कृष्णप्रसाद सापकोटाले कार्यक्रमबारे प्रस्ट्याए । क्रमसः सबै वडामा यो अभियान सञ्चालन गरिने उनको भनाई छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ