चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का ले कर्मचारी कार्यालयमा नहुने भन्दै सेवा प्रवाह नै बन्द गरको छ ।
वडा कार्यालयले विहीबार एक सूचना जारी गरी दैनिक रुपमा प्रवाह हुँदै आएको पञ्जिकरण सेवा वडाका सचिव हरि बहादुर एम सी २०८० जेठ ११ गतेदेखि २०८० जेठ ३० गतेसम्म नहुने भएकोले उक्त सेवा बन्द रहने जनाएको हो ।
वडा सचिव आफैंले हस्ताक्षर गरी जारी गरेको सूचनामा के कारण कार्यालयमा उपस्थित हुन नसकेका कारण सेवा प्रवाह बन्द गरिएको हो भन्ने खुलाएका छैनन् । ‘सुशासन, पारर्दशिता र जवाफदेहीता हाम्रो पहिलो प्राथमिकता हुनेछ’ भन्ने नारासहित प्रकाशित सूचनामा सेवा बन्दप्रतिको जवाफदेहितामा लापर्वाह गरिएको छ ।
स्थानीय सरकारको गैरजिम्मेवारीको कारण एउटा कर्मचारी नहुँदा सेवा प्रवाह नै बन् गर्नुपर्ने अवस्था आएको प्रति सेवाग्राहीहरुले रोष प्रकट गरेका छन् । ‘यसरी वडाले दिने सेवा नै रोकेर कर्मचारीलाई पठाउनु वडा सरकारको गैरजिम्मेवारीपन हो’, एक सेवाग्राहीले भने– ‘यसको जिम्मा वडा सरकार र वडा अध्यक्षले लिनुपर्छ, नागरिकले पाउने सेवा रोक्नु हुँदैन ।’
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ