आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा कन्जन्टिभाइटिस भनिन्छ । यो रोग विशेष गरि एलर्जी, भाइरस र ब्याक्टेरियाको कारणले लाग्ने गर्दछ । यो रोग धेरै पहिले देखिनै प्राय अगस्ट सेप्टेम्बरको समयमा देखिएको पाइन्छ ।
यो रोग लाग्दा आँखाबाट पानी बगिरहने र आँखाका नेत्र सुन्निने गर्दछ । बिहान उठ्दा आँखाको तल्लो पत्र र माथिल्लो पत्र टासिएको हुन्छ ।
अहिलेको बर्षा याम सुरु भए संगै यो रोग देशभर फैलिएको छ। हाम्रो छिमेकी देश भारतमा पनि यो रोगको सङ्क्रमण निकै बढेको छ । यो रोग वातावरण प्रदूषण र मौसम परिवर्तनको कारणले बढी लाग्ने गर्दछ । यो रोग जसरि कोरोना भाइरस फैलिएको थियो त्यसरिनै कन्जन्टिभाइटिस पनि देशभर फैलिएको छ तर कोरोना भाइरस जस्तो हावाको माध्यमबाट भने सर्दैन। विशेष गरि अझ तराई मधेस धेरै सङ्क्रमित देखिएका छन् ।
यो रोग गर्मिको समयमा मौसम परिवर्तन हुदा वा अन्य कारणले देखिने हुँदा यसलाई रुघाखोकी जस्तै सामान्य मानियको छ। यो रोग विशेष गरि सङ्क्रमित रोगि व्यक्तिले प्रयोग गरेका सामग्रीहरु जस्तै टावल, रुमाल, सिरानि, तन्ना आदि अर्को निरोगी व्यक्तिले प्रयोग गर्यो भने सर्ने गर्दछ। यो रोग ब्याक्टेरियाको कारणले भन्दा भाइरसको कारणले छिटो सर्छ। यो भाइरस व्यक्तिको एउटा आँखामा लाग्यो भने अर्को आँखामा सजिलै सङ्क्रमण गर्दछ। एउटै घरमा या बाहिर जुनसुकै ठाउँमा एक व्यक्ति अर्को व्यक्तिमा टाशिदा वा अन्य सम्पर्कबाट सर्दछ। यो रोग लाग्दा आँखाबाट पानी बगिरहने र आँखाका नेत्र सुन्निने गर्दछ। बिहान उठ्दा आँखाको तल्लो पत्र र माथिल्लो पत्र टासिएको हुन्छ।
भाइरसबाट लागेको रोग भन्दा ब्याक्टेरियाबाट लागेको रोगले आँखामा धेरै समस्या देखिन्छ। ब्याक्टेरियाबाट सङ्क्रमण हुँदा आँखाबाट पिप जस्तो च्याप च्याप लाग्ने तरल पदार्थ आउछ भने एलर्जीबाट भएको सङ्क्रमणबाट आँखा बिझाउने, रातो हुने, सुन्निने र चिलाउने जस्ता समस्याहरु देखिन्छन्। यो रोग बच्चा देखिबृद्धसम्म जुनसुकैलाइ पनि हुन सक्छ। यो भाइरस कसैलाई छिटो निको हुन्छ भने कसैलाई सिरियस पनि हुन सक्छ।
भाइरस इन्फेक्सनको सँगसँगै ब्याक्टेरियल इन्फेक्सन पनि हुन सक्छ, त्यस्तो अवस्थामा भने आँखामा बढी समस्या देखिन्छ। यो रोग रुघाखोकी जस्तै एक दुई हप्तामा निको हुने गर्दछ। यदि नौ, दश दिनसम्म पनि आँखाको अवस्था जटिलनै रयो भने चिकित्सकको सल्लाह बमोजिम औषधीको प्रयोग गर्नु उपयुक्त मानिन्छ । यो रोग गर्मि याममा धेरै देखिने भएतापनि यसको निश्चित कारण भने अझै पत्ता नलागेको तर अगस्ट सेप्टेम्बरमा धेरै गर्मि र मौसम परिवर्तनसँगै वातावरण प्रदूषण बाट उत्पन्न हुने अनुमान गरिएको छ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ