खाडीचौर । दोलखाबाट काठमाडौं गइरहेको बा४ख १९३३ नम्बरको यात्रुवाहक बस शुक्रबार बलेफी गाउँपालिकाको खाडीचौर बजारमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
अरनिको यायातायले सञ्चालन गरेको यात्रुवाहक बसको ब्रेक फेल हुँदा गाडी अनियन्त्रित भई पसलमा ठोक्किएको थियो । जसका कारण दुई पसमा क्षतिसमेत पुगेको छ । इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार घाइते सबैलाई उपचारका लागि सिन्धु सदाबहार अस्पताल लगिएको छ ।
बसमा १२ जना भन्दा बढी यात्रु सवार थिए । अनियन्त्रित भएको बस खाडीचौर पुलबाट कपडा पसलमा गएर ठोक्किएको थियोे । स्थानीय प्रत्यक्षदर्शी मिलन सुवेदीले घटना भएलगत्तै स्थानीयले घाइतेलाई तत्काल स्थानीय सिन्धु सदाबहार अस्पताल पु¥याएको बताए । ‘बस ठोक्किएको आवाज आएपछि हामी त्यहाँ पुग्यौं’, सुवेदीले भने– ‘यदी बस पसलमा नठोकिएको भए ठूलै दुर्घटना हुने देखिन्छ ।’ दुर्घटनामा घाईते भएकालाई स्थानीयले तुस्न्तै अस्पताल पुर्याएको बताए ।
दुर्घटनामा घाईते भएका बसका चालक, बस ठोक्किएको पसलका सञ्चालकसहित ८ जना घाइतेको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । ‘घाइतेहरुको अवस्था समान्य नै रहेको छ, दुर्घटनाको बारे हामी अनुसन्धान गरिरहेका छौं’, प्रहरी निरीक्षक न्यौपानेले भने– ‘प्रारम्भीक अनुसन्धानमा बस ब्रेक फेल भई दुर्घटना भएको देखिन्छ ।’
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ