चौतारा । २४औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा चौतारा बहुमुखी क्याम्पसमा प्रभातफेरी तथा वृक्षारोपण कार्यक्रम गरीएको छ ।
जिल्ला युवा समिति सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रममा क्याम्पस परिषरमा धुपि, फूल लगायतका बिरुवा रोपिएको हो । सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र) चौतारा साँगाचोकगढी नगरपालिकाका इन्चार्ज उजारसिं तामाङले राज्यले युवामैत्री गतिविधि र कार्यक्रम ल्याएर युवालाई समृद्ध नेपालको अभियन्ता बनाउन सक्नुपर्ने बताए । ‘राज्यले युवालाई जति सदुपयोग गर्न सक्यो त्यति नै चाँडै मुलुक निर्माण हुन्छ’, उनले भने । तामाङले वृक्षारोपणले विद्यालयमा सौन्दर्य बढाउनुको साथै विद्यार्थीहरुलाई अक्सिजन पर्याप्त मात्रामा पुग्ने बताए ।
त्यस्तै प्रदेश स्वयंसेवक रुपक दुलालले नयाँ नेपाल बनाउने हो भने पहिलो शक्ति नै युवा भएकाले राज्यले युवामैत्री गतिविधि सञ्चालन गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा प्राध्यापक, शिक्षक, विद्यार्थीहरुको उपस्थीति थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ