बराम्ची । जुगल गाउँपालिकामा जनताका आधारभूत सेवा प्रवाह गर्ने सुविधा सम्पन्न आफ्नै भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
अहिले अस्थायी ढाडेमा पालिकाको कार्यालय सञ्चालन हुँदै आएकोमा अब आफ्नै भवनमा सर्ने तयारि गरेको हो । बहुवर्षिय योजना अन्तरगत गाउँपालिकाको भवन निर्माण सुरू भएको हो । आर्थिक वर्ष २०७७।०७८ मा पालिकाको सुविधा सम्पन्न कार्यालय भवन निर्माणका लागि ४ करोड ५२ लाख ३० हजार १ सय ७० रूपियाँ ३३ पैसामा ठेक्का लगाएको र लागत अनुसारको काम धमाधम भईरहेको छ ।
२०७७ असार ३० गते सुरु भएको भवन ठेकेदारको ढिलासुस्तीको कारणले गर्दा अघिल्लो वर्षमै सकाउनु पर्ने ठेक्का हालसम्म काम निरन्तर भइरहेको छ । स्थानीय चुनाव, संघ–प्रदेशको चुनावले गर्दा काम ढिलाई हुन पुगेको निर्माण कम्पनीले जनाएको छ ।
अहिले साँघुरो कोठाबाट प्रशासनिक कार्य गर्दै आएकाले भवन अभावमा कोचिएर जोखिमपूर्ण काम गर्दै सेवा प्रवाह भईरहेकोमा भवन निर्माण भएपछि सहज हुने गाउँपालिकाको अध्यक्ष रेशम स्याङ्बोको भनाई छ । ३ तलासहितको बन्दै गरिएको भवनमा ३८ कोठे रहने जनाईएको छ ।
भवनमा सभाहल, कार्यपालिकाको बैठक कक्ष, न्यायीक समितिको अध्यक्ष÷उपाध्यक्षको कार्यकक्ष, प्रशासनिक फाँट, वडाध्यक्ष तथा उनका प्रतिनिधि बस्ने कक्ष, भवनको भुइँतला अपाङ्गता मैत्री, क्यान्टिन लगायतका संरचना भएको भवन निर्माण गर्न लागिएको गाउँपालिका इन्जिनियर सुनिल तामाङले जानकारी दिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ