चौतारा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ सिन्धुपाल्चोक जिल्ला शाखाको १२औं साधारणसभा गरेको छ ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको सभाहलमा शनिबार भएको साधारण सभामा बोल्दै कम्प्युटर एशोसिएसन नेपाल महासंघको केन्द्रिय सदस्य सरुना श्रेष्ठले अहिलेको युग सूचना प्रविधि युग भएकोले त्यसको विकास र विस्तारमा क्यान लागेको बताईन् । उनले सूचना प्रविधिलाई नै आधार मानेर कार्य गर्दै आईरहेका संघ संस्था, व्यक्तिहरुसँग समन्वय गरी समग्र जिल्लाको सूचना प्रविधि क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिईन् ।
साधारण सभामा क्यान महासंघका केन्द्रिय लेखा समिति संयोजक प्रभात श्रेष्ठले जिल्ला शाखाले सूचना प्रविधि र शिक्षालाई मात्र नभई गाउँका चुलोसम्मलाई पनि स्मार्ट अवधारणमा समेट्नु पर्नेमा जोड दिए । कार्यक्रममा क्यान सिनधुपाल्चोकका सचिव दिपक थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष निर्माण श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
साधारण सभाकै अवसरमा साईबर सुरक्षाबारे कार्यशाला समेत भएको थियो । साइबर अपराध, साइबर खतरा, साइबर सुरक्षा र साइबर रणनीतिहरूबारे कार्यशालामा छलफल गरिएको थियो । क्यान सिन्धुपाल्चोकका सदस्य सुवास कुँवरले कार्यशालाको सहजिकरण गरेका थिए ।
कार्यक्रममा क्यान सिन्धुपाल्चोकका सदस्यहरु, सूचना प्रविधिमा काम गर्दै आईरहेका व्यक्तित्वहरु, सञ्चारकर्मी, सुरक्षा निकायको उपस्थिति रहेको थियो । सधारण सभा क्यान सिन्धुपाल्चोकका अध्यक्ष हरिचन्द्र गौतमको अध्यक्षतामा भएको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ