चौतारा । विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी आज सरस्वती पूजा मनाइँदै छ ।
माघ शुक्ल पञ्चमीका दिन मनाइने यस उत्सवलाई वसन्त ऋतुको शुरूआत पनि मानिन्छ । त्यसैले यसलाई वसन्त पञ्चमी पनि भनिन्छ । सरस्वती मन्दिरहरुमा सरस्वती पूजाको अवसरमा बिहानैदेखि सर्वसाधारण तथा शिक्षक विद्यार्थीहरूको भीड लागेको छ । विद्यार्थीहरूले सरस्वतीको पूजा गरेमा पढाइमा सफलता मिल्ने धार्मिक विश्वास छ ।
आजकै दिन बालबालिकालाई पढाउन प्रारम्भ पनि गरिन्छ । वैदिक पद्धति अनुसार गरिने १६ संस्कारमध्येको एक यस कार्यलाई अक्षरारम्भ भनिन्छ । सरस्वतीलाई ज्ञान, संगीत, कला र साहित्यकी पनि देवी मानिन्छ । बौद्ध धर्मावलम्बीहरुले सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रुपमा ज्ञानको प्रतीक मानेर पूजाआजा गर्छन् ।
सरस्वतीलाई चढाएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ