चौतारा । ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर चौतारा साँगाचोकगढी नगर महिला सञ्जालले नगर स्तरीय कविता प्रतियोगिता गरेको छ ।
चौतारा साँगाचाोकगढी नगरपालिका– १२ मा रहेको जुगल बहुमुखी क्याम्पसमा विहीबार भएको प्रतियोगितामा विनोद श्रेष्ठ प्रथम भएका छन् । १८ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै चौताराका कवि श्रेष्ठको ‘अब ओठहरुमा मुस्कान भर्नुपर्छ’ कविताले प्रथम स्थान हासिल गरेको हो । त्यस्तै निर्मला तिमल्सिनाको ‘नारीको आवाज’ले दोस्रो स्थान हासिल गरेको छ भने ‘विम्बहरुको वर्षाद गर्दै कवि ऋषि खत्रीको ‘क्रान्ति र परिर्वतनको संवाहक’ कविताले तृतीय स्थान र काजल बोगटीको कविताले सान्त्वनाको प्राप्त गर्यो ।
विजयी कविहरुलाई नगरप्रमुख कृष्णप्रसाद सापकोटाले क्रमशः ७ हजार पाँचसय, ५ हजार २ सय पचास, ३ हजार ७ सय पचास, २ हजार २ सय पचास नगद र प्रमाणपत्र मात्र प्रदान गरे । सञ्जालकी सचिव तारादेवी रानाद्वारा सञ्चालित एवम् सञ्जालकी अध्यक्ष जानुका पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक संयोजक गोविन्द पराजुली लगायतकाले कार्यक्रमको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा सुरेश कसजू अमित घिमिरे, जीवन श्रेष्ठ, सुन्दर शिरीष, किशोर बुढाथोकी, विजय नेपाल लगायतका साहित्यकारको उपस्थिति रहेको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ