बराम्ची । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले कृषकहरुलाई ८५ थान मिनी टिलर वितरण गरेको छ ।
गाउँपालिका भित्रका कृषकहरुले ५० प्रतिशत अनुदानमा मिनि टिलर पाएका हुन् । एक कार्यक्रम बीच सोमबार गाउँपालिकाका अध्यक्ष रेशम स्याङबोले कृषकहरुलाई मिनि टिलर वितरण गरे । गाउँपालिकाले कृषिलाई नयाँ प्रविधिसँग जोड्न र कृषकहरुलाई हौषलाका लागि यस्तो मेसिन वितरण गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष रेशम स्याङबोले गत वर्ष लम्कीस्किन भाईरसले ठूलो पशुधनको क्षति हुँदा खेतबारी जोत्न समस्या भएकाले त्यसको विकल्पमा कृषकहरुलाई मेसिन प्रदान गरिएको बताए ।
यो मेसिन वितरणले गाउँपालिका भित्रका कृषकहरुलाई केही थोरै भएपनि राहत मिल्ने अध्यक्ष स्याङबोको भनाई छ । सो पालिकाका सात वटै वडाका कृषकलाई ५० प्रतिशतमा उपलब्ध गाराएको कृषि शाखा प्रमुख पुष्कल शर्माले जानकारी दिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ