चौतारा । ५८औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा डडुवा भवानीशंकर माविकी एलिजा तामाङ प्रथम भएकी छिन् ।
चौतारा सागाँचोकगढी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको ‘हरित विद्यालय, आजको आवश्यकता’ शीर्षकमा भएको प्रतियोगितामा जनविकास माविकी एन्जिला बराईली द्वितीय, जनजागृति माविकी अनिता सुनुवार तृतीय र सेतीदेवी माविकी रेनुका तामाङले सान्त्वना स्थान प्राप्त गरिन् । प्रतियोगितामा पुरस्कृत हुनेहरुलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको नगर शिक्षा अधिकृत वसन्तराज जोशीले जानकारी दिए ।
१३ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा शिक्षक यज्ञप्रसाद दंगाल, नेपाल पत्रकार महासंघ सिन्धु शाखाका अध्यक्ष जीवन श्रेष्ष्ठ, साहित्यकार एवम् पत्रकार सुन्दर शिरीष र किशोर बुढाथोकीले मूल्याङ्न गरेका थिए । सो अवसरमा शिक्षा शाखाले विभिन्न विधामा उत्कृष्ट विद्यालय र विद्यार्थीहरुलाई सम्मानसमेत गरिएको थियो ।
नगरपालिकाको सामाजिक विकास संयोजक रामप्रसाद गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन नगर शिक्षा सुपरीवेक्षक राजु पराजुलीले सञ्चालन गरेका थिए । कार्यक्रममा नगरभरका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु र विद्यार्थीहरुको उपस्थिति थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ